NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा चतुर्दशी - २९

परिचय

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।१२।२७ को निर्णय अनुसार गृह मन्त्रालय (जिल्ला प्रशासन कार्यालय) अन्तर्गत स्थापना भएको शिक्षा विकास तथा समन्वय इकाइ मन्त्री परिषदको मिति २०७५।९।९ को निर्णय अनुसार शिक्षा¸ विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत संघीय कार्यालयको रुपमा रहने गरी व्यवस्थापन भएको हो

मुलतः कक्षा १० र १२ को परीक्षा व्यवस्थापन, जिल्ला स्तरी शैक्षिक तथ्याङ्क व्यवस्थापन, अन्तर स्थानीय तह र निकाय समन्वय तथा विद्यालय शिक्षाको विकासका लागि जिल्ला स्तरमा सञ्चालन हुने र हुनसक्ने कार्यक्रमहरुको लागि प्राविधिक सहयोग र समन्वय गर्ने कार्य शिक्षा विकास तथा समन्वय इकाइले गर्दै आएको छ ।

यो कार्यालय रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ७ लुम्बिनी रोडको उत्तरतर्फ अवस्थित रहेको छ ।